बुधबार, श्रावण ६,२०८३ 05:46:29
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:46:29
Bizshala
Global IME Bank Limited

चर्चित भारतीय सिरियल ‘‘क्युकी सास भि कभी बहु थि’मा अभिनय गर्दै बिल गेट्स

चर्चित भारतीय सिरियल ‘‘क्युकी सास भि कभी बहु थि’मा अभिनय गर्दै बिल गेट्स
New Office

काठमाण्डौ । अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स चर्चित भारतीय सिरियल, ‘क्युकी सास भि कभी बहु थि’मा देखिने भएका छन् । इटी टाइम्सको एक रिपोर्टका अनुसार गेट्सले उक्त सिरियलको एउटा विशेष   क्यामिओ गर्ने भएका हुन् ।  

उनी शोमा स्मृति इरानीको पात्र तुलसी विरानीसँग एउटा भिडियो कलमा देखिनेछन् । यो कहानी करिब ३ ईपिसोडसम्म चल्नेछ । जसमध्ये दुईवटामा बिल गेट्स देखिनेछन् ।  

यो कहानी गर्भवती महिला तथा साना बालबालिकाको स्वास्थ्यको बारेमा जनचेतना फैलाउनेमा आधारित हुनेछ । बिल गेट्सको संस्था ‘बिल एण्ड मेलिना गेट्स फाउण्डेशन’ले यी मुद्दामा काम गर्ने गर्छ । त्यसैले स्मृति इरानीले शो का माध्यमबाट जनचेतना फैलाउने निर्णय गरेको बताइन् ।  

यो शो को दोस्रो सिजन २९ जुलाईदेखि स्टार प्लस र जियो हटस्टारमा प्रत्येक दिन राती साढे १० बजेबाट प्रसारण हुनेछ । शो ओरिजिनल सिरिज सुरु भएको २५ वर्षको उपलक्ष्यममा ल्याउन लागिएको हो ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.