बुधबार, श्रावण ६,२०८३ 07:37:16
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:37:16
Bizshala
Global IME Bank Limited

कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण
New Office

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवीकुमारी तृष्णा शाक्य(निवर्तमान)लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवीकुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष रु.एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो रकम जम्मा गराउँदै आएको छ । यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पर्याउनु हो ।

सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रकम रु.७,३८,८११.९५ छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ ईकाईहरु तथा ३१७ एटिएम मार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । बैंकले आगामीदिनमापनि यस्ता कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.