काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्न लिखित छन्ः
१ सिदार्थ हस्पिटालिटी तिनकुने, काठमाण्डौं लगायतका सम्पूर्ण आउटलेटहरु आवास : २० प्रतिशत
खाना तथा पेय पदार्थ: १० प्रतिशत
२ बन्दीपुर माउण्टेन रिर्सोट बन्दीपुर, तनहुँ खानातथाआवास : ७ प्रतिशत
३ स्माईल ३६० डेण्टल क्लिनिक सामाखुशी, काठमाण्डौं दन्त सेवा :२० प्रतिशत
४ बन्दीपुुर बजार घर बन्दीपुर, तनहुँ खाना तथा आवास : ७ प्रतिशत
५ लन्जेभिटि हेल्थहोम ललितपुर म.न.पा वडा न. ०३, टुटेपानी, ललितपुर अकुपंचर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअपलगायतका सेवाहरु: २० प्रतिशतसम्म
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

