सोमबार, बैशाख ७,२०८३ 10:36:02
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 10:36:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता अवार्ड प्रदान

Bizshala
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता अवार्ड प्रदान
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको Associate Client का रुपमा रहेको साझेदारी अन्तर्गत आयोजित “Visa Leadership Conclave” कार्यक्रममा तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ ।

यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो । बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवं व्यवसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा निम्न अवार्डहरु भिसाद्वारा बैंकलाई प्रदान गरिएको छ ।

१.Excellence in Consumer Credit Cards

२.Excellence in Prepaid Cards 

३.#. Excellence in POS Acquiring 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएस सेवामा उल्लेखनीय रुपमा बजार बिस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।

२०८२ असार मसान्तसम्म बैंकहरूले कुल करिब ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरिसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ६० हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, असार २०८२ मसान्तसम्मको कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सा ओगटेको छ ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी, असार २०८२ मसान्तसम्म बजारमा २ लाख ५० हजार प्रिपेड कार्ड जारी भइसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ३४ हजार कार्ड रहेको छ । साथै, असार २०८२ मसान्तसम्म उद्योगस्तरमा करिब १ करोड २५ लाख पीओएस कारोबार भएका छन् भने सोही अवधिमा सिद्धार्थ बैंकमार्फत करिब ९ लाख ३६ हजार कारोबार भएका छन्, जसको आधारमा बैंकको बजार हिस्सा करिब ८ प्रतिशत रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.