काठमाण्डौ । ओपेक प्लसका सदस्यहरु उत्पादनलाई स्थिर राख्न सहमत भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । ड्रोन हमला र अमेरिका–भेनुजुएलाबीच बढेको तनावका कारण क्यासपियन पाइप कन्सोर्टियमले निर्यात रोकेसँगै ओपेक प्लस सदस्यहरु तेलको उत्पादन स्थिर राख्न सहमत भएका हुन् ।
कन्सोर्टियमले विश्वको कुल तेल व्यापारको १ प्रतिशत हिस्सा ओगटेको छ ।
यससँगै आज डब्लूटीआई क्रुडको मूल्य १.७९ प्रतिशत अर्थात १.०५ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ५९.६० रुपैयाँ कायम भएको छ ।
यस्तै ब्रेन्ट क्रुडको मूल्यपनि १.७० प्रतिशत अर्थात १.०६ डलरले बढ्दै प्रतिब्यारेल ६३.४४ डलर कायम भएको छ ।
गत शुक्रबार डब्लूटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्य घटेको थियो । डब्लूटीआई क्रुड र ब्रेन्ट क्रुडको मूल्य लगातार ४ महिना घटेको छ । यो गिरावट सन् २०२३ पछिकै लामो अवधिको गिरावट हो ।

