बुधबार, असार १०,२०८३ 11:37:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:37:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घरजग्गा कारोबारमा लगानी गर्ने हिमालयन लाइफ मात्रै, प्राधिकरणको निर्देशिका बन्यो बाधक

Laxmi Sunrise Bank Limited
घरजग्गा कारोबारमा लगानी गर्ने हिमालयन लाइफ मात्रै, प्राधिकरणको निर्देशिका बन्यो बाधक

काठमाण्डौ । बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा लगानी उल्लेख्य बढाएपनि घरजग्गा कारोबार (रियल स्टेट) सेक्टरमा भने लगानी गर्न सकिरहेका छैनन् । बीमकहरुको यो क्षेत्रमा लगानी शुन्य जस्तै नै रहेको छ ।

केही वर्षदेखि सुस्ताइरहेको घरजग्गा कारोबार चलायमान भएपनि बीमा कम्पनीहरुले यो सेक्टरमा लगानी गर्न सकिरहेका छैनन् वा यो सेक्टरमा लगानी गर्न डराइरहेका छन् ।  

हिमालयन लाइफ इन्स्योरेन्स बाहेक कुनै पनि कम्पनीले घरजग्गा कारोबार क्षेत्रमा लगानी गरेका छैनन् । हिमालयन लाइफको घरजग्गा कारोबारमा ७५ करोड ८१ लाख रुपैयाँ लगानी छ, तर कम्पनीको लगानी लामो समयसम्म तटस्थ नै छ ।

New Office
CG Motors
Garima Development Bank

यता बैंक तथा वित्तीय संस्थाहरुबाट रियल स्टेट सेक्टरको लोन उल्लेख्य बढेपनि बीमा कम्पनीहरु भने यो क्षेत्रमा लगानी असुरक्षित महसुस गरिरहेका छन् । अहिले काठमाण्डौ लगायतका शहरी क्षेत्रहरुमा पुनः घरजग्गा कारोबार विस्तारै चलायमान हुँदै गएपनि बीमा कम्पनीहहरुको ८० प्रतिशत भन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमै थुप्रिएको छ ।  

चालु आवको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुको लगानी केही प्रतिशत सेयरबजारतर्फ सिफ्ट भएको देखिएतापनि घरजग्गा कारोबार, कृषि उत्पादन, हाइड्रो, शिक्षा र स्वास्थ्य क्षेत्रमा खासै आक्रामक देखिँदैन ।

यसअघि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित बनाउने भन्दै ‘बीमकको स्थिर सम्पत्ति निर्देशन, २०८१’ जारी गरेको थियो । जसमा बीमा कम्पनीहरुको घरजग्गा कारोबारलाई विशेष केन्द्रीत गरिएको छ ।

पछिल्लो समय बीमा कम्पनीहरु लगानी विविधिकरणतर्फ उन्मुख हुँदै जाँदा प्राधिकरणले भने बीमकको घरजग्गा कारोबारलाई बाधक बन्ने गरी निर्देशन जारी गरेको थियो । यो निर्देशिकाले पनि केही हदसम्म बीमा कम्पनीहरुलाई यो सेक्टरमा लगानी गर्न बाधा पुगेको देखिन्छ ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमकले घरजग्गाको कारोबार गर्नलाई व्यवसायको आकार, प्रकृति, जोखिम प्रोफाइल, संचालन जटिलता एवम् कारोबारको विशिष्टताका आधारमा तरलता व्यवस्थापन सुनिश्चित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।  

साथै विगत दुईवर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भएको र सञ्चित नोक्सानीमा नरहेको हुनुपर्ने, प्राधिकरणले तोकेको सोल्भेन्सी रेसियो कायम भएको हुुनुपर्ने समेत निर्देशिकामा रहेको छ ।  

प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम घरजग्गा क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ । तर बीमा कम्पनीहरु यो क्षेत्रमा लगानीका लागि हात बढाउन सकिरहेका छैनन् ।

‘घरजग्गा कारोबार चलायमान हुन नसकेका कारण यो क्षेत्रमा लगानी गर्दा लगानीबाट रिटर्न पाउने ग्यारेन्टी छैन’ एक बीमा कम्पनीका सीइओले भने, ‘पछिल्लो समय बीमा कम्पनीहरु लगानी विविधिकरण गर्न उन्मुख छन्, तर मुद्दती र अन्य सेक्टरमा लगानी गरेजस्तो रिटर्न पाउने फिक्स भएमात्रै घरजग्गा कारोबारमा लगानी बढाउन सकिन्छ, तर केही कम्पनीहरुले यो क्षेत्रमा पनि लगानी गर्न खोजिरहेका छन् ।’

प्राधिकरणका अनुसार बीमकहरुले शहरी विकास व्यवस्थित बसोबासलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त निर्माणाधिन वा निर्माण हुने संयुक्त वा सामूहिक आवास योजनामा लगानी गर्नुपर्ने व्यवस्था छ ।  

साथै एउटै क्षतिले एक लगानी गरिएको बाहेक अर्कोलाई असर पार्ने वा एउटै इकाईको रुपमा मानिने गरी नजिकै रहेका घरजग्गामा लगानीको २।५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाइने पनि व्यवस्था छ ।  

प्राधिकरणले बीमा कम्पनीलाई लगानी विविधिकरण गर्न निर्देशन दिदै आएपनि यो क्षेत्रमा बढी जोखिम हुने भएकाले लगानी व्यवस्थित बनाउने हेतुले बीमकको स्थिर सम्पत्ति निर्देशन जारी गरेको जनाएको छ ।  

तर प्राधिकरणको स्थिर सम्पत्ति सम्बन्धी निर्देशिकामा बढी घरजग्गा कारोबारलाई नै केन्द्रित गरिएको हुँदा बीमा कम्पनीहरुको यो क्षेत्रमा लगानी सहज तरिकाबाट बढ्न नसक्ने देखिएको छ ।  

केही बीमा कम्पनीका सीइओहरु भने रियल स्टेट सेक्टरमा लगानी गर्ने वातावरण अझै उचित नभइसकेको बताउँछन् । अन्य सेक्टरमा जस्तो रियल स्टेट सेक्टरमा लगानी गर्दा भनेको समयमा रिटर्न आउन नसक्ने उनीहरुको भनाई छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.