काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमीटेडले लगानीकर्तालाई लाभांश नदिने भएको छ । तर पछिल्लो समय चलेको लहरलाई पछ्याउँदै यो कम्पनीले पनि लगानीकर्तालाई सतप्रतिशत हकप्रदको भारी बोकाउने घोषणा गरेको छ ।
कम्पनीले सातौं वार्षिक साधारणसभा घोषणा गर्दै त्यसको विशेष प्रस्तावको रुपमा हाल कायम चुक्तापूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारीको बुँदा राखेको हो । हाल कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेर त्यसलाई ८० करोड पुर्याउने कम्पनीको योजना छ ।
हकप्रदको भारी थोपरेर कम्पनीले ऋण तिर्ने योजना बनाएको छ । विशेष प्रस्तावको रुपमा ऋण तिर्ने विषय समेत समेटिएको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ बाट लगानीकर्तालाई कुनै लाभांश नदिने समेत साधारणसभाको सूचनामा उल्लेख गरिएको छ ।
साधारणसभा आगामी पुस २३ गते, बुधबार बिहान १० बजे काठमाण्डौको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा आह्वान गरिएको छ ।
साधारणसभा प्रयोजनका लागि पुस १३ गते एकदिन बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन् ।

