Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

चारवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति लाइफ

Global IME Bank Limited
चारवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३० विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहमा मात्रै हरियाली छाएको छ ।  

बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक ०.७९ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५८ प्रतिशतले घटेको छ ।  

बीमा समूह राताम्य भएपनि आज ४ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.४९ प्रतिशतले वृद्धि भई ७४३ रुपैयाँ ६० पैसा पुगेको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत,  आइएमई लाइफको ०.३२ प्रतिशत र नेको इन्स्योरेन्सको ०.१२ प्रतिशतले सेयरमूल्य बढेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.०६ प्रतिशतले घटेर ४९४ रुपैयाँ कायम भएको छ ।  

यसका साथै आरबीसीएलको १.८५ प्रतिशत, सिटिजन लाइफको १.३३ प्रतिशत, नेशनल लाइफको १.२९ प्रतिशत, एशियन लाइफको १.२५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.१२ प्रतिशत, हिमालयन रि को ०.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९८ प्रतिशत, एलआइसी नेपालको ०.९६ प्रतिशत, सलिकोको ०.८७ प्रतिशत, हिमालयन एभरेष्टको ०.८५ प्रतिशत, सानिमा जिआइसीको ०.६७ प्रतिशत, सन नेपाल लाइफको ०.६६ प्रतिशत, युनाइटेड अजोडको ०.५६ प्रतिशत, सानिमा रिलायन्सको ०.५२ प्रतिशत, हिमालयन लाइफको ०.५० प्रतिशत, नेपाल रि को ०.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३६ प्रतिशत, नेपाल लाइफको ०.३३ प्रतिशत, एनएलजीको ०.२२ प्रतिशत र शिखरको ०.२० प्रतिशतले सेयरभाउ घटेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.