आईतवार, श्रावण ३,२०८३ 12:26:19
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 12:26:19
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
New Office

काठमाण्डौ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोढ ६० लाख रुपैयाँबराबरको प्रति सेयर रु.१०० अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण सेयरको १ः०.६ (अर्थात विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण सेयरको अनुपातमा ४५ करोड ३६ लाख  रुपैयाँबराबरको प्रति सेयर १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयरका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

पुस ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाण्डौस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.