Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

Global IME Bank Limited
भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ ।  

नगरकोटस्थित नगरकोट सनसाइन होटलको हलमा एकदिने योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । संघको ३६ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट रोशनीमैयाँ धौबन्जाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै आगामी दुई वर्षे कार्यकालको लागि नीति तथा कार्यक्रम पहिचानका निम्ति योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको महासचिव नविन प्रजापतिले जानकारी दिए । गोष्ठीमा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु र कर्मचारीहरु सहभागी भएका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संघकी अध्यक्ष धौबन्जाले गोष्ठीमा सहभागीहरुलाई स्वागत गर्दै संस्थागत विकास र सदस्यहरुको हित लगायत संघको लक्ष्य परिपूर्तिका लागि आगामी दुई वर्षभित्र सञ्चालन हुने गतिविधिहरु पहिचान गर्न योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको बताइन् । उनले कार्यशाला गोष्ठीबाट तयार भएका योजना कार्यान्वयन भएमा मात्रै गोष्ठी गर्नुको उद्देश्यले सार्थकता पाउने भन्दै योजना कार्यान्वयन गर्न पदाधिकारी एवं कार्यसमितिका सम्पूर्ण सदस्यहरु र कर्मचारीहरुले जिम्मेवारीपूर्वक लागिपर्नुपर्नेमा जोड दिइन् ।  

कार्याशाला गोष्ठीमा सहभागीहरुबीच व्यापक छलफल गरी मुख्य रुपमा पाँचवटा विषयमा लक्ष्य हासिल गर्नका लागि दर्जनौं कार्यक्रमहरु तय गरिएको छ । सदस्यहरुको हितका लागि संघले प्रदान गर्ने नयाँ सेवाहरु, संघको दिगो आम्दानीका स्रोत पहिचान, संघको गरिमा वृद्धि गर्ने, संस्थागत सुदृढीकरण, स्थानीय नियाकायहरुसँग साझेदारीलगायतका विषयमा केन्द्रित रहेर कार्यशाला गोष्ठीमा घनिभूत छलफल भएको कार्यक्रम संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले बताए ।  

व्यवसायिक संघ व्यवस्थापन विज्ञ उत्तम झाको सहजीकरणमा कार्यशाला गोष्ठी भएको हो । कार्यक्रम सम्पन्न भएपश्चात संघकी अध्यक्ष धौबन्जाले सहजकर्ता झालाई खादा ओढाइ सम्मान गरेकी थिइन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.