Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

म्युचुअल फण्डहरुको नाफा ३३% ले बढ्यो, सेयरबजारमा पौने ३१ अर्ब लगानी

Global IME Bank Limited
म्युचुअल फण्डहरुको नाफा ३३% ले बढ्यो, सेयरबजारमा पौने ३१ अर्ब लगानी
Nabil Bank Limited

काठमाण्डौं । म्युचुअल फण्डहरुले फागुन महिनामा साढे ६६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले फागुन महिनामा ६६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  

यो नाफा माघ महिनाको तुलनामा ३३.३७ प्रतिशतले बढी हो । माघमा यी फण्डहरुले ४९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सेयरबजार उचारचढाव हुँदा म्युचुअल फण्डहरुको लगानी, प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ० र नाफा समेत घटबढ हुने गर्दछ । बजार बढ्दा म्युचुअल फण्डहरुको नाफा र न्याभ बढ्न जान्छ भने सूचीकृत सेयरमा लगानीको दायरा समेत बढ्न जान्छ ।  

फागुन महिनामा सत्ता गठबन्धन परिवर्तन भएसँगै सेयरबजारमा एक साता हरियाली छाएको थियो । फागुन २१ गते नेप्से इन्डेक्स सर्किट ब्रेक लागेर सेयरबजार बन्द भएको थियो । सो दिन नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ को विन्दुमा पुगेको थियो ।  

त्यसपछिका कारोबार दिन फागुन २३ गते नेप्से सूचक ९।३३ अंक, फागुन २४ गते १३।५१ अंक, फागुन २७ गते २२.१० अंक र फागुन २९ गते नेप्से परिसूचक ५८.५५ अंकले बृद्धि भएको थियो ।  

फागुन महिनाको सुरुवाती दिनमा सेयरबजारमा खासै सुधार नदेखिएपनि अन्तिमतिर बजारमा आक्रामक सुधार देखिँदा म्युचुअल फण्डहरुले नाफा बुक गरेका छन् । साथै नाफामा सुधार देखिएसँगै फण्डहरुले सेयरबजारमा लगानी समेत थपेका छन् ।  

बजार सोचेजस्तो बढ्न नसक्दा म्युचुअल फण्डहरुले अझै नाफामा उल्लेख्य सुधार गर्न सकेका छैनन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये १२ वटा फण्डको नाफा र न्याभ बढ्न सकेको छैन ।  

नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर बिक्रीमा ६ महिना लकइन अवधि लागू गरेपछि फण्डहरुको नाफा र न्याभ भनेजस्तो बृद्धि हुन नसकेको मर्चेण्ट बैंकहरुले बताउँदै आएका छन् ।  

६ वटा म्युचुअल फण्डको न्याभ ११ रुपैयाँमाथि  

सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये ६ वटा फण्डको न्याभ ११ रुपैयाँमाथि छ । जसमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को न्याभ ११.४५ रुपैयाँ छ ।  

माघ महिनाको तुलनामा उक्त फण्डको न्याभ १८ पैसाले बृद्धि भएको हो । फागुनमा सो फण्डको न्याभ ११.२७ रुपैयाँ थियो । त्यस्तै, दोस्रोमा सनराईज फर्स्ट म्युचुअल फण्डको न्याभ ११.३० रुपैयाँ छ भने चौथोमा सानिमा इक्विटी फण्डको न्याभ ११.२५ रुपैयाँ छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै कुमारी सुनौलो लगानी योजनाको फण्ड ११।१३ रुपैयाँ, एनआइसी एशिया सेलेक्ट–३० को ११.११ रुपैयाँ र एनआइसी एशिया ग्रोथ फण्डको ११.०३ रुपैयाँ छ ।  

माघ महिनाको तुलनामा फागुनमा ३२ वटा फण्डको न्याभ बृद्धि भएको छ भने नबिल ब्यालेन्स्ड फण्ड–२ को न्याभ स्थिर र बाँकी ११ वटाको न्याभ घटेको छ ।  

सर्वाधिक घट्नेमा एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड रहेको छ । माघमा ११ रुपैयाँ रहेको उक्त फण्डको न्याभ फागुनमा ०.०५ रुपैयाँले घटेर १०.९५ रुपैयाँ कायम भएको छ ।  

३२ वटा फण्डको नाफा वृद्धि

४४ वटा म्युचुअल फण्डमध्ये माघ महिनाको तुलनामा फागुनमा ३२ वटा फण्डले नाफा बढाएका छन् । फागुन महिनामा ४४ फण्डले कुल ६६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा माघ महिनाको तुलनामा ३३.३७ प्रतिशतले बढी हो ।  

माघमा फण्डहरुले ४९ करोड ८३ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । अधिकांश फण्डले फागुनमा प्रोफिट अर्न गर्न सफल भएका छन् ।  

सबैभन्दा बढी नाफा कमाउनेमा एनआइसी एशिया ग्रोथ फण्ड रहेको छ । फण्डले फागुन महिनामा ८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो महिनाको तुलनामा ३.०३ प्रतिशतले बढी हो । अघिल्लो महिनामा उक्त फण्डले ७ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, हिमालयन ८०–२० ले पनि ७ करोड १७ लाख रुपैयाँ नाफा कमाएर दोस्रो बढी नाफा कमाउने म्युचुअल फण्ड बनेको छ । फण्डले माघ महिनाको  तुलनामा २।४१ प्रतिशतले नाफा बढाएको छ ।  

त्यस्तै, तेस्रोमा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले फागुनमा ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा माघको तुलनामा ५।७८ प्रतिशतले कम हो ।  

माघ महिनाको तुलनामा फागुनमा सबैभन्दा बढी नाफा बढाउनेमा एनएमबी सुलभ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ रहेको छ । फण्डले १९१४ प्रतिशतले नाफा बढाएको छ । माघमा ११ लाख २५ हजार रुपैयाँ मात्रै नाफा कमाएको उक्त फण्डले फागुनमा २ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।

सेयरबजारमा म्युचुअल फण्डको पौने ३१ अर्ब लगानी  

म्युचुअल फण्डहरुले सेयरबजारमा ३० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका छन् । माघ महिनाको तुलनामा ४४ वटा म्युचुअल फण्डको सेयरबजारमा लगानी ४.७५ प्रतिशतले बढेको छ ।

माघ महिनामा उक्त फण्डहरुले २९ अर्ब ३२ करोड रुपैयाँ सेयरबजारमा लगानी गरेका थिए । म्युचुअल फण्डहरुको लगानीको ठूलो हिस्सा सेयरबजारमा रहेको हुन्छ । म्युचुअल फण्डहरुले लगानी थपेको खण्डमा सेयरबजार बढ्ने बढी सम्भावना रहन्छ ।  

अर्थात् बजारमा उतारचढाव आउँदा पनि म्युचुअल फण्डहरुको नाफा र न्याभ दुबै प्रभावित हुन जान्छ । माघ महिनाको तुलनामा फागुनमा ३ वटा फण्डको मात्रै सेयरबजारमा लगानी घटेको छ । बाँकी सबै फण्डको लगानी बृद्धि देखिन्छ ।  

फागुनमा ६ वटा म्युचुअल फण्डको सेयरबजारमा १ अर्ब भन्दा बढी लगानी छ । सबैभन्दा बढी एनआइबीएल सहभागीता फण्डको १ अर्ब ७२ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी छ ।  

त्यस्तै, दोस्रोमा एनएमबी सरल बचत फण्ड–ई को १ अर्ब ३६ करोड, सिद्धार्थ इक्विटी फण्डको १ अर्ब १५ करोड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १ अर्ब ९ करोड, एनएमबी–५० को १ अर्ब ५ करोड रुपैयाँ र सानिमा इक्विटी फण्डको १ अर्ब ४ करोड रुपैयाँ सेयरबजारमा लगानी रहेको छ । 

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.