मंगलवार, श्रावण १२,२०८३ 09:47:17
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 09:47:18
Bizshala
Global IME Bank Limited

तीन कम्पनीले मागे हकप्रद सेयर निष्कासनको अनुमति, कुनले कति ?

तीन कम्पनीले मागे हकप्रद सेयर निष्कासनको अनुमति, कुनले कति ?
New Office

काठमाण्डौ । तीन कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग गरेका छन् । दोल्ती पावर कम्पनी, ओरियन्टल होटल र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

दोल्ती पावरले १ः०.९६१८ अनुपातमा ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँबराबरको ५१ लाख ५९हजार ८६० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

त्यस्तै, ओरियन्टल होटलले १०ः२.६६३ अनुपातमा ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँबराबरको ३१ लाख ५५ हजार ५० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

यसका साथै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १ः०.८८६६ अनुपातमा ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरको ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.