काठमाण्डौ । तीन कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग गरेका छन् । दोल्ती पावर कम्पनी, ओरियन्टल होटल र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
दोल्ती पावरले १ः०.९६१८ अनुपातमा ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँबराबरको ५१ लाख ५९हजार ८६० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
त्यस्तै, ओरियन्टल होटलले १०ः२.६६३ अनुपातमा ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँबराबरको ३१ लाख ५५ हजार ५० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
यसका साथै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १ः०.८८६६ अनुपातमा ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरको ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

