बुधबार, असार १०,२०८३ 11:40:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:40:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष बनिन् चन्द्रकला पौडेल, पदभार ग्रहण

Laxmi Sunrise Bank Limited
नेपाल बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष बनिन् चन्द्रकला पौडेल, पदभार ग्रहण

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गरेकी छिन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएपछि पदभार ग्रहण गरेकी हुन् ।

योसँगै नेपाल बीमा प्राधिकरणले पहिलो महिला अध्यक्ष पाएको छ । माघ १३ गतेको मन्त्रिपरिषदको बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

New Office
CG Motors
Garima Development Bank

पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव हुन् । पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भूमिका रहने गरी सरकारले नियुक्त गर्ने निर्णय गरेको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि गत असोज गते बसेको सुशीला कार्की नेतृत्वको अन्तिम सरकारले प्राधिकरणको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मा नियुक्त गरेको थियो ।

शर्माले प्राधिकरणको अध्यक्ष पदबाट राजिनामा दिएर बाहिरिएपछि पौडेलले उक्त जिम्मेवारी पाएकी हुन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.