Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

१२ बीमा कम्पनीका सेयरधनीले कमाए, नेपाल रि को सेयरमूल्य सर्वाधिक घट्यो

Global IME Bank Limited
१२ बीमा कम्पनीका सेयरधनीले कमाए, नेपाल रि को सेयरमूल्य सर्वाधिक घट्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १.८५ अंकले घटेर २०१० विन्दुमा कायम भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा समूहमा हरियाली छाएको छ, भने ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेको छ ।  

आज १२ वटा बीमा कम्पनीका सेयरधनीले कमाएका छन् भने १४ वटा बीमा कम्पनीका सेयरधनीले गुमाएका छन् ।  

सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.२७ प्रतिशतले बृद्धि भई ४८५ रुपैयाँ ३० पैसा पुगेको छ ।  

त्यस्तै, नेशनल लाइफको १।०८ प्रतिशत, युनाइटेड अजोडको ०.५९ प्रतिशत, एलआइसी नेपालको ०।४५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०।३९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२५ प्रतिशत, आरबीसीएलको ०.२२ प्रतिशत, सिटिजन लाइफको ०.२० प्रतिशत, सलिकोको ०.१५ प्रतिशत, शिखरको ०.१४ प्रतिशत, आइएमई लाइफको ०.१३ प्रतिशत र एशियन लाइफको ०.०४ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज नेपाल रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरभाउ १.५८ प्रतिशतले घटेर ७१२.१० रुपैयाँ कायम भएको छ ।  

यसका साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.३७ प्रतिशत, आइजीआई प्रुडेन्सियको १.२५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३९ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.२७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशत, सानिमा जिआइसीको ०.१९ प्रतिशत, सन नेपाल लाइफको ०.१७ प्रतिशत, हिमालयन लाइफको ०.१३ प्रतिशत, नेपाल लाइफको ०.१३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१२ प्रतिशत र नेकोको ०.११ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परेका छन् । सुर्यज्योति लाइफको ५ करोड ५४ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.