Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

काठमाण्डौमा शुरु भयो ५ दिने मध्यस्थता सम्बन्धी तालिम

Global IME Bank Limited
काठमाण्डौमा शुरु भयो ५ दिने मध्यस्थता सम्बन्धी तालिम
Nabil Bank Limited

काठमाण्डौ । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धी तालिम शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोख्रेलले एक समारोहका बीच तालिमको शुभारम्भ गरे ।  

कार्यक्रममा बोल्दै न्यायाधीश पोख्रेलले नेपालमा मध्यस्थता सम्बन्धी काम गर्ने जनशक्तिको आवश्यकता पूर्ति गर्न यस्ता तालिम कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।  

परिषद्का अध्यक्ष डा.राजेन्द्र प्रसाद अधिकारीले पक्ष–विपक्षलाई राखेर गरिने मध्यस्थताका क्रममा अपनाइने विभिन्न प्रक्रियाका बारेमा जानकारी राख्न यो तालिम निकै उपयोगी हुने बताए । उनले भने, तालिमले मध्यस्थता गर्ने जनशक्तिमात्रै नभएर गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त अवसरमा सर्वोच्च अदालतबार एशोसियसनका अध्यक्ष हरिशंकर निरौला, उच्च अदालतबार एशोसियसनका अध्यक्ष शान्तिराम खतिवडा, विशेष अदालतबार एशोसियसनका संयोजक चुडामणि पौडेल, जिल्लाबार एशोसिएसन ललितपुरका अध्यक्ष रामश्रेष्ठ र एडभोकेट सोसाइटी नेपालका अध्यक्ष अर्जुन प्रसाद ढकालले तालिमको महत्व र आवश्यकताका बारेमा आ–आफ्नो मन्तव्य राखेका थिए ।  

पाँच दिनसम्म चल्ने उक्त तालिममा मुलुकका विभिन्न जिल्लाबाट ४२ जनाको सहभागिता रहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.