सोमबार, फाल्गुन ४,२०८२ 05:31:37
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 05:31:37
Bizshala
Global IME Bank Limited

सेयरबजारमा परिसूचकसँगै कारोबारमा पनि संकुचन, बजार थप तल नजानेमा विश्लेषक ढुक्क

सेयरबजारमा परिसूचकसँगै कारोबारमा पनि संकुचन, बजार थप तल नजानेमा विश्लेषक ढुक्क
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३० प्रतिशत अर्थात ८.१२६ अंकले घटेर २ हजार ६६२.९१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५५.६६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने ११ अर्ब १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘सेयरबजारलाई विशेषगरी नेपालको राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्ने हुँदा अहिलेको राजनीतिक माहोल खासै उपयुक्त नदेखिदा लगानीकर्ताहरु अझै अन्योलमै छन् भन्ने बुझ्न सकिन्छ । साथै, चुनावपछि बन्ने नयाँ सरकार को बन्छ र कस्तो बन्छ भन्ने विषयले लगानीकर्तामा अझै मनोबल बढ्न नसकेको अवस्था छ । विभिन्न दलहरुले घोषणापत्र जारी गरेका छन् र अर्थतन्त्रलाई विशेष प्राथमिकता दिएर घोषणापत्र ल्याएपनि सरकार कस्तो बन्छ र आम लगानीकर्ताहरुको माग सम्बोधन हुन्छ वा हुँदैन भन्ने मुख्य विषय हो ।’

उनले थपे, ‘साथै नयाँ बन्ने सरकारले सेयरबजारलाई सकारात्मक प्रभाव पार्ने खालको नीतिहरु बनाउन सक्छ वा सक्दैन भन्ने विषयमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । बैंक वित्तीय संस्थामा तरलता फालाफाल भएपनि  लगानीकर्ताहरु ऋण लिएर झ्याप्पै सेयरबजारमा लगानी गर्न आँट गर्न सकिरहेका छैनन् । समग्र बजारको सेनारियो हेर्दा मार्केटले अहिले एउटा लेभल लिइसकेको छ, अब बजार यो भन्दा तल नजाला । सम्भवतः चुनावसम्म २६ सय आसपासमै बजार रुमलिएर चुनावपछि भने गति लिन सक्ने सम्भावना देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतियो । आज फाइनान्स, होटल र उत्पादन तथा प्रशोधन समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.५६,०.४३ र ०.४९ प्रतिशतले बढे ।

हाईड्रो समूह आज सर्वाधिक अर्था १.०२ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.४६ प्रतिशत, बैंकिङ ०.१२, लगानी ०.६१, जीवन बीमा ०.५५, लघुवित्त ०.२३, म्युचुअल फण्ड ०.२१, निर्जीवन बीमा ०.५२, अन्य ०.०७ र व्यापार ०.६८ प्रतिशतले घट्यो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख, ङादी ग्रुप पावरको ४८ करोड २७ लाख, एसवाई प्यानलको ३४ करोड ४२ लाख र खानीखोला हाईड्रोको २५ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये तीनवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज बुद्धभूमी नेपाल हाईड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै अपर स्याङगे हाईड्रोपावरको सेयरमूल्य ८.१८ प्रतिशत, गणपति लघुवित्तको ५.९६ र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ५.५२ प्रतिशतले बढ्यो ।

खानीखोला हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.३८ प्रतिशतले घट्यो । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५ प्रतिशत र अरुण भ्याली हाईड्रोको सेयरमूल्य ४.७० प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.