बुधबार, फाल्गुन ६,२०८२ 12:21:24
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:21:24
Bizshala
Global IME Bank Limited

एप्पलले ल्याउँदैछ हालसम्मकै सस्तो म्याकबुक, ४ मार्चमा न्यूयोर्कमा हुँदैछ इभेन्ट

एप्पलले ल्याउँदैछ हालसम्मकै सस्तो म्याकबुक, ४ मार्चमा न्यूयोर्कमा हुँदैछ इभेन्ट
Shivam Cement

काठमाण्डौ । एप्पलले २०२६ को आफ्नो पहिलो ठूलो इभेन्ट घोषणा गरिसकेको छ। यसमा कम्पनीले आफ्नो अहिलेसम्मको सबैभन्दा सस्तो म्याकबुक, नयाँ बजेट आईफोन १७ ई र नयाँ आईप्याड प्रस्तुत गर्नेछ। यो इभेन्ट ४ मार्चमा हुनेछ ।

म्याकबुकको मूल्य ६९९ देखि ७९९ डलरको बीचमा हुने जनाइएको छ ।

रिपोर्टहरु अनुसार, एपलले पहिलो पटक म्याकबुकमा आफ्नो ‘एम’ सिरिजको सट्टा आईफोनमा प्रयोग हुने ‘ए’ सिरिज चिप दिन सक्छ। यसलाई विशेष गरी विद्यार्थीहरु र अफिस प्रयोगकर्ताहरुको लागि तयार गरिएको हो।

कम्पनीले न्यूयोर्कमा हुने यस इभेन्टका लागि पठाएको इनभिटेशन कार्डहरुमा एपलको लोगो पहेँलो, हरियो र नीलो रंगमा राखिएको छ। यसबाट नयाँ ल्यापटप धेरै ब्राइट कलर्समा आउने अनुमान गरिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एप्पलले आफ्नो बजेट आईफोन लाइनअपमा आईफोन १७ ई लञ्च गर्ने सम्भावना समेत रहेको छ । यसमा आईफोन १७ जस्तै ए१९ चिप पाउने अपेक्षा छ, जुन पुराना मोडेलको तुलनामा धेरै छिटो हुनेछ।

आईप्याडप्रेमीहरुका लागि पनि यस इभेन्टमा धेरै कुरा हुन सक्छ। कम्पनीले आईप्याड एयर लाई एम४ चिप सहित अपडेट गर्न सक्छ। साथै, १२औं जनरेशनको बेस मोडेल आईप्याड पनि प्रस्तुत गर्न सकिन्छ, जसमा पहिलो पटक ‘एपल इन्टेलिजेन्स’को समर्थन पाउने अपेक्षा छ। साथै लामो समयदेखि पेंडिङ ‘स्टुडियो डिस्प्ले’ को नयाँ भर्जन पनि प्रस्तुत हुन सक्ने जनाइएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले सिरीको नयाँ एआई अवतार देखाउन सक्छ। यो बढी स्मार्ट हुनेछ र प्रयोगकर्ताको प्रश्नहरुमा राम्रो उत्तर दिन सक्नेछ। एप्पलले यसलाई आफ्नो ‘एप्पल इन्टेलिजेन्स’ सेवा अन्तर्गत प्रमोट गर्दैछ, जसले आईफोन र म्याक प्रयोगलाई धेरै सजिलो बनाउनेछ।

एपलले यस पटक इभेन्टको फर्म्याट अलिक फरक राखेको छ। न्यूयोर्कको मुख्य इभेन्टसँगै लन्डन र शंघाईमा पनि प्रेसको लागि प्रोग्राम राखिएको छ। यसलाई ‘इभेन्ट’ को सट्टा ‘एक्सपिरियन्स’ नाम दिइएको छ। अर्थात् त्यहाँ उपस्थित मानिसहरु तुरुन्तै नयाँ ग्याजेटको अनुभव गर्न सक्नेछन्।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.