काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २२.७५ अंकले घटेर २०२६.८१ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटा उपसूचक नै चम्किएका छन् । जीवन बीमा समूह १।४२ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बृद्धि भएको छ ।
आज २१ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा आइएमई लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.५७ प्रतिशतले वृद्धि भई ५४९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफको ४.३२ प्रतिशत, युनाइटेड अजोडको ३.८१ प्रतिशत, सिटिजन लाइफको ३.३१ प्रतिशत, एशियन लाइफको ३.०८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.७४ प्रतिशत, नेपाल रि को २.७० प्रतिशत, रिलायबल नेपाल लाइफको २.५३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.३३ प्रतिशत, हिमालयन लाइफको २.३० प्रतिशत, प्रभु इन्स्योरेन्सको २.२९ प्रतिशत, हिमालयन एभरेष्टको २.२७ प्रतिशत, सानिमा जिआइसीको २.२७ प्रतिशत, नेशनल लाइफको १.५२ प्रतिशत र एनएलजी इन्स्योरेन्सको १.४४ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै नेपाल इन्स्योरेन्सको १.१८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९६ प्रतिशत, हिमालयन रि को ०.९३ प्रतिशत, शिखर इन्स्यारेन्सको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.४४ प्रतिशत र नेको इन्स्योरेन्सको ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, आज ५ वटा बीमा कम्पनीको सेयरभाउ भने घटेको छ । सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.७६ प्रतिशतले घटेर ४९९.८० रुपैयाँ कायम भएको छ ।
यसका साथै आरबीसीएलको १.४९ प्रतिशत, एलआइसी नेपालको ०.७३ प्रतिशत, सन नेपाल लाइफको ०.६४ प्रतिशत र सलिकोको ०.३० प्रतिशतले सेयरभाउ घटेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                