अर्थ मन्त्रालयले ठूलो संख्यामा प्रशासनिक हेरफेर गर्दै ३० जना उपसचिवको स्थानान्तरण गरेको छ।
मन्त्रालयका अनुसार हाल अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग लगायतका विभिन्न निकायहरूमा पठाइएको छ।
यससँगै केही उपसचिवलाई प्रदेशस्तरका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत जिम्मेवारी दिइएको जनाइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेपछि उपसचिव तहमा गरिएको यो पहिलो व्यापक सरुवा हो।




