Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 06:58:45
Bizshala
Global IME Bank Limited

भारतको जस्तो नोटबन्दी नेपालमा हुँदैनः अर्थमन्त्री

Hyundai Nepal
भारतको जस्तो नोटबन्दी नेपालमा हुँदैनः अर्थमन्त्री
Shivam Cement

काठमाण्डौ । नोटबन्दीको सम्भावना भन्दै सामाजिक सञ्जालमा बढ्दो चर्चा चलिरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। उनले नेपालमा भारतजस्तो नोटबन्दी लागू नहुने संकेत दिएका हुन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

माजिक सञ्जाल ‘एक्स’मा एक प्रयोगकर्ताले भारतले सन् २०१६ मा गरेको नोटबन्दीलाई उदाहरण दिँदै त्यस्तो ‘लोकप्रिय तर हानिकारक’ निर्णयतर्फ नजान सुझाव दिएका थिए। प्रयोगकर्ताले नोटबन्दीले गरिब जनतालाई पीडा दिने र राष्ट्रलाई आर्थिक रूपमा ठूलो क्षति पुर्‍याउने चेतावनी दिएका थिए।

यसै सन्दर्भमा अर्थमन्त्री वाग्लेले छोटो तर स्पष्ट जवाफ दिएका छन्- “We won’t!” (हामी त्यसो गर्दैनौँ)।

उनको यो प्रतिक्रिया अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र नोटबन्दीबारे फैलिएको आशंका धेरै हदसम्म शान्त भएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भारतले सन् २०१६ मा अचानक लागू गरेको नोटबन्दीलाई कालोधन नियन्त्रण गर्ने उद्देश्यसहित ल्याइएको थियो। तर, त्यसले सर्वसाधारणलाई ठूलो सास्ती दिएको, आर्थिक गतिविधि प्रभावित भएको र अपेक्षित रूपमा कालोधन नियन्त्रण हुन नसकेको भन्दै व्यापक आलोचना भएको थियो।

नेपालमा पनि बेला–बेलामा यस्तो कदमबारे चर्चा हुने गरेको भए पनि अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिले सरकार यस्तो जोखिमपूर्ण नीतिबाट टाढा रहने स्पष्ट संकेत दिएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.