काठमाण्डौ । नेप्सेमा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत दरको कुल १९ लाख २४ हजार एक कित्ता बोनस सेयर, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत दरको कुल २१ लाख ४८ लाख २२९ कित्ता सेयर र महुली लघुवित्तको ४.७५ प्रतिशत दरको कुल १ लाख ७५ हजार ७१३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यसका साथै प्राइम कमर्सियल बैंकको १ करोड ५५ लाख २२ हजार ६० कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७ कित्ता बोनस सेयर र समता घरेलु लघुवित्तको ५ प्रतिशत दरको कुल ३ लाख १४ हजार ५२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

