मंगलवार, श्रावण ५,२०८३ 10:55:41
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:55:41
Bizshala
Global IME Bank Limited

कच्चा तेलको मूल्य ४५.८०% ले बढ्यो

कच्चा तेलको मूल्य ४५.८०% ले बढ्यो
New Office

काठमाण्डौ । कच्चा तेलको मूल्य ४५.८० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय बजारमा २०८१ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७०.८२ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ फागुन मसान्तमा ४५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १०३.२३ कायम भएको छ ।  

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २९७४.०५ रहेकोमा २०८२ फागुन मसान्तमा ६९.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५०४४.६० पुगेको छ ।

त्यस्तै, केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तको तुलनामा २०८२ फागुन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७.२ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४.२ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ फागुन

मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१४७.६४ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमयदर रु.१३७ रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.