काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा रविन सिजापति सर्वसम्मत रुपमा चयन भएका छन् । चैत २४ गते बसेको संस्थाको सञ्चालक समितिको २०१ औं बैठकले संस्थाका विद्यमान सञ्चालकमध्ये सिजापतिलाई अध्यक्ष चयन गरेको हो ।
यसअघिका संस्थाका अध्यक्ष केशवप्रसाद आचार्यको गत चैत ९ गते असामायिक निधन भएसँगै संस्थाको सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

