काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्ग खुला राख्न चाहेको दाबी गरेका छन्। उनका अनुसार इरानले हर्मुज जलमार्ग बन्द गर्ने कुरा ‘इज्जत जोगाउन’ मात्र सार्वजनिक रूपमा भन्ने गरेको हो।
ट्रम्पले यो टिप्पणी इरानसँगको युद्धविराम अनिश्चितकालका लागि विस्तार गरेपछि गरेका हुन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानले उक्त मार्ग खुला राखेर दैनिक करिब ५०० मिलियन अमेरिकी डलर आम्दानी गर्ने उल्लेख गरेका छन्। ‘यदि यो मार्ग बन्द भयो भने इरानलाई त्यत्तिकै आर्थिक नोक्सानी हुन्छ,’ उनले लेखेका छन्।
ट्रम्पले केही दिनअघि आफूलाई इरान तुरुन्तै उक्त जलमार्ग खोल्न इच्छुक रहेको जानकारी प्राप्त भएको दाबी समेत गरेका छन्।

