शुक्रबार, बैशाख १८,२०८३ 06:05:52
Bizshala
  • शुक्रबार, बैशाख १८,२०८३ 06:05:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

Bizshala
ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु
Shivam Cement

काठमाण्डौ । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चारदिने कार्यक्रमको उद्घाटन उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छन् ।

औपचारिक उद्‌घान अघि बन्दीपुर बजार क्षेत्रमा गण्डकी प्रदेशका ११ जिल्लाका १९ वटा होमस्टेहरुको सहभागितामा र्‍याली आयोजना गरिएको थियो । स्थानीय कला, संस्कृति र पर्यटनको पहिचान झल्काउने झाँकीसहितको र्‍यालीपछि औपचारिक कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी, विभिन्न सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिमालले बन्दीपुरमा आयोजित पर्यटन मार्टले स्थानीय कला, संस्कृति प्रवर्द्धन गर्नुका साथै रोजगारी र आयआर्जन बढाउने विश्वास व्यक्त गरेकी छन् ।  उनले भनिन्, ‘नेपालमा संघीयता कार्यान्वयनसँगै विकासको विकेन्द्रीकरण भएको छ । स्थानीय सरकारले आफ्नो गाउँ निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् । गाउँ बलियो बने मात्र समग्र समृद्धिको आधार तयार हुन्छ । गाउँ बलियो बनाउने प्रमुख आधार नै पर्यटन हो । स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक छ ।’ उनले स्थानीय रोजगारी सिर्जना गर्नका लागि पर्यटन महत्वपूर्ण साधन भएको बताएकी छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पछिल्लो समय समुदायसँग जोडिने पर्यटन प्रवृत्ति विश्वभर बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसबाट लाभ लिन नेपालले तयारी बढाउनुपर्ने धारणा राखे ।

‘नयाँ अनुभूति गर्ने र समुदायसँगै इन्गेज हुने ट्रेन्ड बढिरहेको छ । यसका लागि हामीले पर्यटन चेतना विस्तार गर्ने, खोज गर्ने र पर्यटन अभ्यासका कामहरुलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘हाम्रा परम्परागत सीप, ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ ।’

उनले कार्यक्रम सफल बनाउन बन्दीपुर गाउँपालिका लगायत सबै साझेदारप्रति धन्यवाद व्यक्त गर्दै यस्तो प्रयासको प्रशंसा गरेका छन् । नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले पर्यटन बोर्डले सधैं ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । ‘ग्रामीण पर्यटन नै नेपालको वास्तविक पहिचान हो, यसलाई अझ सशक्त बनाउन यस्ता कार्यक्रम आवश्यक छन्,’ उनले भने ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले गाउँका कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको स्पष्ट पारेका छन् । ‘बन्दीपुरको थुम्का पर्यटनलाई थप प्रवर्द्धन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘होमस्टेसम्म पर्यटक पुर्‍याउन र ग्रामीण पर्यटन सर्किट जोड्न ‘गाउँ सफारी’ले पनि उल्लेखनीय भूमिका खेलेको छ ।’

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रमका क्रममा आगामी वर्ष ‘गाउँ पर्यटन मार्ट’ गोरखामा आयोजना गरिने घोषणा गर्दै बन्दीपुर गाउँपालिकाले गोरखा नगरपालिकालाई औपचारिक रूपमा फ्ल्याग हस्तान्तरण गरेको छ । फ्ल्याग ग्रहणपछि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले आगामी संस्करण सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘ऐतिहासिक गोरखा अहिले केही ओझेलमा परेको छ, गाउँ पर्यटन मार्टले यसलाई पुनः उजागर गर्न सहयोग गर्नेछ,’ उनले भने, ‘एक पटक गोरखा आएर घुम्न सबैलाई आग्रह गर्दछु ।’

गाउँ पर्यटन प्रवर्द्धन मञ्च, गण्डकीकी अध्यक्ष शोभा सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकको छ।

चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम वैशाख १६ र १७ गते तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ मा रहेको रुम्सी सामुदायिक होमस्टे र रामकोट सामुदायिक होमस्टेलगायतका क्षेत्रमा परिचयात्मक भ्रमण गरिएको थियो । नेपालमा पहिलो पटक सफारी मार्फत् ग्रामिण क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो ।

स्थानीय पर्यटन व्यवसायी वसन्त पौडलको संयोजकत्वको टोलीले पहिलो दिन आगन्तुकहरूको स्वागतसँगै स्थानीय होमस्टेहरूको अवलोकन गराएका थिए । त्यसैगरी दोस्रो दिन बन्दीपुरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण र सांस्कृतिक साँझ आयोजना गरिएको थियो । 

शुक्रबार औपचारिक उद्घाटनसँगै ‘बीटुबि’ बैठक तथा नेटवर्किङ सत्र सञ्चालन गरिएको छ । जसबाट पर्यटन व्यवसाय विस्तार र सहकार्यका नयाँ सम्भावनाका ढोकाहरु खोल्‍ने अपेक्षा गरिएको छ । त्यसैगरी कार्यक्रमको शनिबार समापन कार्यक्रम गरिनेछ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.