आईतवार, श्रावण १०,२०८३ 05:41:36
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:41:36
Bizshala
Global IME Bank Limited

अब पर्यटकवाहक सवारी साधनको दर्ता अनलाइनबाटै हुने

अब पर्यटकवाहक सवारी साधनको दर्ता अनलाइनबाटै हुने
New Office

 

काठमाण्डौ । नेपाल सरकारले स्थलमार्ग हुँदै आफ्नै सवारी साधन लिएर प्रवेश गर्ने विदेशी पर्यटकका लागि सेवा प्रक्रियामा ठूलो सुधार गर्दै ‘अस्थायी सवारी आयात’ (टीआईभी) प्रणाली अनलाइनमार्फत लागू गरेको छ। भन्सार विभागद्वारा विकसित उक्त प्रणालीको उद्घाटन स्वर्णिम वाग्लेले गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले नेपाल प्रवेश गर्नुअघि नै अनलाइनमार्फत आवश्यक विवरण दर्ता गरी राजस्व भुक्तानी गर्न सक्नेछन्। यसपछि उनीहरूले इमेलमार्फत प्राप्त क्यूआर कोड भन्सार नाकामा प्रस्तुत गर्दा छिटो र सहज रूपमा प्रवेश अनुमति पाउनेछन्।

यस प्रणालीले विगतमा रहेको झन्झटिलो प्रक्रिया—जस्तै भन्सार नाकामै पुगेर अस्थायी अनुमति लिनुपर्ने, समयावधि थप गर्न पुनः उपस्थित हुनुपर्ने, तथा ढिलाइ हुँदा जरिबाना तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। अब अनुमति अवधि थप गर्ने कार्यसमेत नेपालभित्रैबाट अनलाइनमार्फत सम्पन्न गर्न सकिनेछ।

अर्थमन्त्री वाग्लेले यो पहललाई सरकारको सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने नीतिसँग जोड्दै सीमा क्षेत्रमा हुने अनावश्यक ढिलासुस्ती अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

विशेषगरी भारत र बङ्गलादेशबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका लागि यो प्रणाली प्रभावकारी हुने अनुमान गरिएको छ। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.