बुधबार, जेष्ठ ६,२०८३ 04:40:50
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:40:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजार ३० अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि

Laxmi Sunrise Bank Limited
सेयरबजार ३० अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि
Shivam Cement

काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१० प्रतिशत अर्थात ३०.०८ अंकले बढेर २ हजार ७५४.४८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४७१.०६ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३४६ वटा स्क्रिप्टका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८२ करोड ८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ८ करोड ७७ लाख बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
New Office
CG Motors

आजको बजारबारे बजार जानकार सुवास भट्टराई भन्छन्, ‘लगातार बजार घटेकाले आज बजारमा सामान्य सुधार देखिएको हो । अझैपनि बजारमा रियल इन्भेष्टरले पैसा हालेका छैनन् । सरकारको नीति तथा कार्यक्रममा पूँजीबजार सुधारका लागि केही विषय सम्बोधन भएपनि लगानीकर्ताको कन्फिडेन्ट लेभल बढ्न सकिरहेको छैन । केही समयअघि नियामक निकायहरुले उधारो कारोबार गर्न बन्द गरिदिएपछि नै बजार निरन्तर घटेको देखिन्छ ।’

उनले थपे, ‘केही समययता लगानीकर्ता र ब्रोकरहरु नै अप्ठ्यारो अवस्थामा छन्, जसकारण बजारमा भोल्युम निरन्तर घट्दै गइरहेको छ । बजारमा फन्डामेन्टल स्ट्रङ कम्पनीहरुको भाउ बढ्न नसक्दा मार्केट माथि जान नसकेको हो । यदि सरकारले आम सेयर लगानीकर्तालाई विश्वास दिलाउन सक्ने हो भने बजेटपछि बजारले लय लिन सक्ने सम्भावना देखिन्छ, तर अहिलेको अवस्थामा लगानीकर्ताहरु पूर्ण रुपमा सरकारलाई विश्वास गर्न सकिरहेका छैनन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज हाईड्रो र होटल समूह सर्वाधिक अर्थात १.८९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.७३ प्रतिशत, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, लघुवित्त ०.६२, म्युचुअल फण्ड ०.८२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ र व्यापार समूह १.५१ प्रतिशतले बढ्यो ।

Garima Development Bank
Shivam Cement
IME remit

सर्वाधिक कारोबार हुने कम्पनी

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक अर्थात १८ करोड ३५ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखुखोला जलविद्युतको १७ करोड ७८ लाख, अपि पावर कम्पनीको ११ करोड ३४ लाख, रिडी पावरको ११ करोड २६ लाख र नेशनल हाईड्रोपावरको ९ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर लोहरे खोलाको सेयरमूल्य १५ प्रतिशतले बढ्दै अपर सर्किट लाग्यो ।  यस्तै माउन्टेन हाईड्रोको सेयरमूल्य ११.८८ प्रतिशत, बुङ्गल हाईड्रोको ७.५१, शिखर पावर डेभलपमेन्टको ६.१२ र सिटी होटलको सेयरमूल्य ५.९० प्रतिशतले बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १३.२६ प्रतिशतले घट्यो । बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य पनि आज ३ प्रतिशतले घट्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X