काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता बढी सेयरको लकइन अवधि असारमा सकिने भएको छ । कम्पनीको कुल ८४ लाख २ हजार १५९ कित्ता सेयरको लकइन अवधि असार १० गते समाप्त हुन लागेको हो ।
जसमा संस्थापक सेयर संख्या ५३ लाख २२ हजार ८३ कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको ८० हजार १५९० कित्ता रहेको छ । कम्पनीको संस्थापक तथा कर्मचारीहरुले धारण गरेको सेयर बाँडफाँड गरेका मिति २०८० असार ११ गतेदेखि तीन वर्षसम्मका लागि लक इनमा रहेको थियो ।

