आईतवार, श्रावण १०,२०८३ 02:58:28
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:58:28
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.४०.२९ अर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.४०.२९ अर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीले ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका हुन् ।  

यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १४.८१ प्रतिशत बढी हो । गत आवको १० महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।  

सो अवधिसम्म आइपुग्दा सबै बीमकले आफ्नो व्यवसाय उल्लेख्य बढाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा नीतिका कारण पनि बीमा कम्पनीहरुको व्यवसाय बढ्न पुगेको छ । बैंकबाट ऋण लिंदा घर, सवारी, उद्योग आदी बीमा गर्नुपर्ने व्यवस्था भएकाले बीमकहरुको व्यवसाय बढेको देखिन्छ ।  

साथै सवारी साधनको संख्या थपिदै जानु, सरकारी नियम तथा अनिवार्यता र जोखिमप्रति सचेतना, आर्थिक गतिविविधिको विस्तार तथा कानूनी व्यवस्थाले गर्दा पनि निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्दै गएको देखिन्छ ।  

१० महिनासम्ममा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले सो अवधिसम्म कुल ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेको छ । यो प्रिमियम रकम गत आवको तुलनामा १०.९० प्रतिशत बढी हो ।  

साथै गत आवको तुलनामा यस अवधिसम्ममा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेको छ । हिमालयन एभरेष्टले ४२.०५ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ भने एनएलजीले पनि ४२.०४ प्रतिशतले ग्रोथ गरेको छ ।  

सबैभन्दा कम व्यवसाय बढाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ०.४२ प्रतिशत मात्रै व्यवसाय ग्रोथ गरेको छ । साथै सबैभन्दा थोरै प्रिमियम संकलन गर्नेमा नेशनल इन्स्योरेन्सले जम्मा ९२ करोड ९९ लाख रुपैयाँ बराबरको मात्रै प्रिमियम संकलन गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.