शुक्रबार, श्रावण ८,२०८३ 11:26:46
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 11:26:46
Bizshala
Global IME Bank Limited

युएईको मास्टरस्ट्रोकः नयाँ पाइपलाइनले हर्मुज जलमार्गलाई बाईपास गर्ने तयारी, सहज होला त तेलको आपूर्ति ?

युएईको मास्टरस्ट्रोकः नयाँ पाइपलाइनले हर्मुज जलमार्गलाई बाईपास गर्ने तयारी, सहज होला त तेलको आपूर्ति ?
New Office

काठमाण्डौ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द अवस्थामा छ। यस कारण विश्वव्यापी स्तरमा ऊर्जा संकट उत्पन्न भएको छ। यसैबीच संयुक्त अरब इमिरेट्स (युएई) ले नयाँ पाइपलाइन निर्माणलाई तीव्रता दिइरहेको छ। यो पाइपलाइनले हर्मुज जलमार्गलाई बाइपास गर्दै युएईको कच्चा तेललाई सिधै अरब सागरसम्म पुर्याउनेछ।

युएईले हालै तेल उत्पादक देशहरूको समूह ओपेक पनि छोडेको छ। यस अवस्थामा यो नयाँ पाइपलाइनले युएईको ऊर्जा निर्यातलाई थप बढावा दिने अपेक्षा गरिएको छ।

रिपोर्ट अनुसार, अबुधाबी नेशनल आयल कम्पनीले आफ्नो नयाँ ‘पश्चिम–पूर्व पाइपलाइन’ को काम तीव्र रूपमा अघि बढाइरहेको छ। यो पाइपलाइन २०२७ सम्म पूरा हुने अपेक्षा गरिएको छ। 

एक पटक सञ्चालनमा आएपछि, यो पाइपलाइनले हर्मुज जलमार्गलाई बाइपास गर्दै ओमानको खाडीमा अवस्थित युएईको रणनीतिक बन्दरगाह फुजैरामार्फत कच्चा तेल निर्यात गर्ने क्षमता दोब्बर बनाउनेछ।

हर्मुज जलमार्गलाई बाइपास गर्ने यो पाइपलाइन विस्तारमार्फत युएईले क्षेत्रीय अस्थिरताको समयमा पनि आफ्नो ऊर्जा निर्यात क्षमता बढाउने लक्ष्य राखेको छ। यो परियोजनाले एसियाका प्रमुख खरिदकर्ताहरूलाई कच्चा तेल आपूर्तिको लागि अझ सुरक्षित मार्ग उपलब्ध गराउन सक्ने जनाइएको छ। 

यद्यपि, हर्मुजलाई बाइपास गर्ने विचार युएईका लागि नयाँ भने होइन। सन् २०१२ देखि, युएईले अबुधाबी क्रुड आयल पाइपलाइन सञ्चालन गरिरहेको छ, जसले देशका भित्री हबशान तेल क्षेत्रहरूबाट ओमानको खाडीमा अवस्थित फुजैरा बन्दरगाहसम्म कच्चा तेल पुर्‍याउँछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.