शुक्रबार, श्रावण ८,२०८३ 02:21:04
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 02:21:04
Bizshala
Global IME Bank Limited

एनभिडियाले ल्यायो नयाँ एआई चिप, अब ल्यापटप र डेस्कटपमा प्रत्यक्ष रुपमा एआई सुविधा जोड्न सकिने

एनभिडियाले ल्यायो नयाँ एआई चिप, अब ल्यापटप र डेस्कटपमा प्रत्यक्ष रुपमा एआई सुविधा जोड्न सकिने
New Office

काठमाण्डौ । चिप निर्माता कम्पनी एनभिडियाले एआई क्षमतालाई सिधै ल्यापटप र डेस्कटप कम्प्युटरमा सञ्चालन गर्न सक्ने नयाँ आरटीएक्स स्पार्क चिप सार्वजनिक गरेको छ। यससँगै कम्पनीले एड्भान्स्ड माइक्रो डिभाइसेस(एएमडी) इन्टेल, एप्पल तथा क्वालकम जस्ता प्रमुख प्रतिस्पर्धी कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिएको छ।

कम्पनीका सीईओ जेनसेन हुवाङले ताइवानमा आयोजित कम्प्युटेक्स सम्मेलनअघि आयोजित आफ्नो मुख्य सम्बोधनमा आरटीएक्स स्पार्क चिपलाई एआई युगका लागि कम्प्युटरलाई पुनःपरिभाषित गर्ने प्रयासको महत्वपूर्ण हिस्सा भएको बताए। उनका अनुसार यो परियोजना माइक्रोसफ्टसँग तीन वर्षको सहकार्यपछि विकसित गरिएको हो।

नयाँ आरटीएक्स स्पार्क चिपको विशेषता भनेको एआई एजेन्टहरूलाई क्लाउडमा निर्भर नभई कम्प्युटरभित्रै सञ्चालन गर्न सक्ने क्षमता हो। यसले प्रतिक्रिया समय घटाउने, गोपनीयता बढाउने तथा इन्टरनेटमा निर्भरता कम गर्ने अपेक्षा गरिएको छ।

यस्तै यसले परम्परागत एप–केन्द्रित कम्प्युटिङलाई ‘एजेण्टिक एआई’ केन्द्रित व्यक्तिगत कम्प्युटिङमा रूपान्तरण गर्न सक्छ। यसको प्रभावलाई आईफोन, च्याट जीपीटी तथा डिपसिक जस्ता प्रविधिगत परिवर्तनसँग तुलना गरिएको छ ।

कम्पनीले आरटीएक्स स्पार्कसँगै भेरा सीपीयु पनि प्रस्तुत गरेको छ, जुन विशेष रूपमा एआई एजेन्टहरूको कार्यसम्पादनका लागि डिजाइन गरिएको हो। प्रारम्भिक प्रयोगकर्तामा ओपन एआई, एन्थ्रोपिक तथा स्पेसएक्स रहेका छन्।

आरटीएक्स स्पार्क सार्वजनिक भएसँगै अमेरिकी सेयर बजारमा प्रतिस्पर्धी चिप कम्पनीहरूको सेयरमा दबाब देखिएको छ। एएमडी र इन्टेलको सेयरमूल्य करिब ४ प्रतिशतले घटेका छन् भने क्वालकमको सेयरमूल्य झण्डै ७ प्रतिशतले ओरालो लागेको छ। माइक्रोसफ्टको सेयर भने ३ प्रतिशतभन्दा बढीले बढेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.