शुक्रबार, श्रावण ८,२०८३ 02:21:06
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 02:21:06
Bizshala
Global IME Bank Limited

विपक्षीको अवरोधको संकेतपछि प्रतिनिधिसभा बैठक निर्धारित समयमा सकेन बस्न

विपक्षीको अवरोधको संकेतपछि प्रतिनिधिसभा बैठक निर्धारित समयमा सकेन बस्न
New Office

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल शुरु गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा बैठक निर्धारित समयमै बस्न सकेको छैन ।  

दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे करिव ३ बजेसम्म पनि प्रारम्भ हुन नसकेपछि संसद् परिसरमा राजनीतिक सहमतिका लागि प्रयास थालिएको छ । 

संसद् सचिवालयले बैठक ढिलो हुनुको औपचारिक कारण सार्वजनिक गरेको छैन।  

तर, प्रधानमन्त्री वालेन्द्र शाह को सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच जारी विवादले बैठक प्रभावित भएको हो ।  

मंगलबारको बैठकको कार्यसूचीमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्रको जानकारी गराउने, आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्ने तथा बजेटमाथिको सामान्य छलफल शुरु गर्ने कार्यक्रम रहेको थियो। 

बजेटमाथिको छलफल संसद्को महत्वपूर्ण कार्यसूचीमध्ये एक मानिए पनि राजनीतिक विवादका कारण प्रक्रिया प्रभावित हुने गरेको छ । 

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने आशयको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका छन्।  

उनीहरूले उक्त भनाइ सच्याउन, संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै संसद्मा निरन्तर विरोध गरिरहेका छन्।

विपक्षी दलहरूले आफ्नो माग पूरा नभएसम्म संसद्को अवरोध जारी राख्ने संकेत दिएका कारण प्रतिनिधिसभाको बैठक समेत प्रभावित हुने सम्भावना बढेको छ।  

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.