शुक्रबार, श्रावण ८,२०८३ 12:02:25
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:02:25
Bizshala
Global IME Bank Limited

विरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

विरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित
New Office

काठमाडौँ । नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आशनबाट उठेर विरोध जनाएपछि कार्यवाही अघि बढ्न नसकेको हो। 

सभाध्यक्ष नारायणप्रसाद दाहालले पटक–पटक शान्त रहन र कार्यसूची अघि बढाउन आग्रह गरेपनि अवरोध कायमै रहेपछि बैठक स्थगित गर्नुपरेको थियो।

आजको बैठकको कार्यसूचीमा सभाध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यक्रम रहेको थियो।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी थियो।

तर, निरन्तरको विरोधका कारण कुनै पनि कार्यसूची अघि बढ्न नसकेपछि बैठक स्थगित गरिएको हो।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते मंगलबार दिउँसो १:१५ बजे बस्ने तय गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.