शुक्रबार, श्रावण ८,२०८३ 12:02:48
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 12:02:48
Bizshala
Global IME Bank Limited

१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
New Office

काठमाण्डौं । सुपर तमोर जलविद्युत आयोजना निर्माणका लागि करिब १९ अर्ब रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन सुनिश्चित भएको छ।

१६६ मेगावाट क्षमताको उक्त परियोजनाका लागि ग्लोबल आइएमई बैंकको नेतृत्वमा बैंकहरूको संयुक्त कन्सोर्टियममार्फत लगानी सम्झौता सम्पन्न भएको हो।

क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि.द्वारा विकास गरिने यस आयोजनाको वित्तीय संरचना औपचारिक रूपमा तय गर्दै बैंक तथा कम्पनीबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ।  

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी, क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य तथा सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्।

कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यो आयोजनामा बैंक कन्सोर्टियमले करिब ७५ प्रतिशत लगानी गर्नेछ, जसअनुसार १९ अर्ब रुपैयाँ वित्तीय स्रोत सुनिश्चित गरिएको छ।  

बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी तथा अन्य निजी लगानीकर्ताबाट जुटाइने व्यवस्था गरिएको छ।

लगानी संरचना अनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ योगदान गर्नेछन्।

 

सम्झौता कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो परियोजना समयमै सम्पन्न भएमा नेपालको ऊर्जा उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने र विद्युत निर्यात विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।  

यसले देशको ऊर्जा आत्मनिर्भरता र दीर्घकालीन आपूर्ति व्यवस्थामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.