शुक्रबार, श्रावण ८,२०८३ 07:40:40
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:40:40
Bizshala
Global IME Bank Limited

काठमाण्डौमा दक्षिण एसियाकै पहिलो ‘म्यारियट लक्जरी कलेक्सन’ होटल सञ्चालनको तयारी

काठमाण्डौमा दक्षिण एसियाकै पहिलो ‘म्यारियट लक्जरी कलेक्सन’ होटल सञ्चालनको तयारी
New Office

काठमाण्डौ । काठमाण्डौको केशरमहल क्षेत्रमा विश्वप्रसिद्ध होटल ब्रान्ड ‘द लक्जरी कलेक्सन’ अन्तर्गत पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ। पूर्व गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेको एमआईटी ग्रुप होल्डिङ र जमुना गुरुङको संयुक्त लगानीमा निर्माणाधीन यो १७ तले होटल सन् २०२६ को अक्टोबर महिनामा सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

यो परियोजना २०१४ देखि निर्माणाधीन रहेको र सम्पन्न भएपछि यसमा २२५ वटा अत्याधुनिक कोठाहरू, २ हजार जना क्षमताको विशाल बैंक्वेट हल, विभिन्न सम्मेलन कक्षहरू, चारवटा रेस्टुरेन्ट, फिटनेस क्लब, स्पा तथा इन्फिनिटी स्विमिङ पुलजस्ता उच्चस्तरीय सुविधा रहनेछन्।

यो होटलको सञ्चालन अन्तिम चरणमा पुगेको छ । नेपाली मूलकी अष्ट्रेलियन अर्बपति उद्यमी जमुना गुरुङले नेपालमा दक्ष र अर्ध–दक्ष जनशक्तिको अभाव रहेको बताएकी छन्, जसका कारण म्यारियट होटलको निर्माण ढिलाइ भएको उनले बताएकी छन् । 

यो होटलको निर्माण सन् २०१३ देखि शुरु भएको थियो । निर्माण शुरु गर्दा यसको लागत ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएता पनि निर्माण कार्यमा भएको ढिलाईका कारण यसको लागत बढेर १५ अर्ब नाघ्ने जनाइएको छ ।  

यो होटल दक्षिण एसियामा म्यारियटको ‘द लक्जरी कलेक्सन’ ब्रान्ड अन्तर्गत सञ्चालन हुने पहिलो होटल हुने बताइएको छ। यसका लागि दुई महिना अघिनै सम्झौता भईरहेको जनाइएको छ ।

यस होटलको आगमनले नेपालमा उच्च खर्च गर्ने अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, करिब ५०० भन्दा बढी रोजगारी सिर्जना हुने र नेपालको लक्जरी पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ मजबुत बनाउने विश्वास गरिएको छ।म्यारियट इन्टरनेशनल समूहअन्तर्गत रहेको ‘द लक्जरी कलेक्सन ब्राण्ड’ विश्वका ४० भन्दा बढी देशमा १३० भन्दा बढी प्रतिष्ठित होटल तथा रिसोर्टहरू सञ्चालन गर्दै आएको छ।

यसैबीच म्यारियट इन्टरनेशनलका अध्यक्ष डेबिट म्यारियटले पहिलो औपचारिक नेपाल भ्रमण गरेका छन् । 

भ्रमणका क्रममा अध्यक्ष म्यारियटले काठमाण्डौमा निर्माणाधीन ‘द लक्जरी कलेक्शन’ होटल परियोजनाको अवलोकन गरेका छन् । उक्त अवलोकन भ्रमणका क्रममा घले दम्पत्तिले उनलाई स्वागत गरेका थिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.