शुक्रबार, श्रावण ८,२०८३ 07:35:03
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:35:03
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीको अभिव्यक्ति विवादित बनेपछि प्रतिनिधिसभा अवरुद्ध, विपक्षी दलहरूको निरन्तर विरोध

प्रधानमन्त्रीको अभिव्यक्ति विवादित बनेपछि प्रतिनिधिसभा अवरुद्ध, विपक्षी दलहरूको निरन्तर विरोध
New Office

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा राजनीतिक तनाव कायम रहँदै विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।

बैठक शुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उठेर नाराबाजी र अवरोधमा उत्रिएका थिए, जसका कारण सदनको कामकारबाही प्रभावित भएको छ।

 

विपक्षी दलहरूको मुख्य आपत्ति प्रधानमन्त्री बालेन शाहको पछिल्ला अभिव्यक्तिहरूलाई लिएर रहेको छ।  

उनीहरूले प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर आफ्ना भनाइबारे स्पष्टता दिनुपर्ने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

यसै विषयमा आज बसेको सर्वदलीय छलफलमा समेत सहमति जुट्न सकेन। सत्ता पक्ष र विपक्षबीचका धारणा फरक–फरक रहँदा विवाद समाधान हुन नसकेको हो।

 

छलफलका क्रममा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण तथा सीमा विवादजस्ता संवेदनशील विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा जानकारी दिने प्रस्ताव अघि सारेका थिए।

तर, विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै, प्रधानमन्त्री स्वयंले संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने आफ्नो राजनीतिक माग दोहोर्याएका छन्।  

त्यसैले अहिले पनि संसद् गतिरोध अन्त्य हुने संकेत देखिएको छैन।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.