शुक्रबार, श्रावण ८,२०८३ 07:39:55
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:39:55
Bizshala
Global IME Bank Limited

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ।

बैठक शुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले कार्यसूचीमा प्रवेश गर्न नदिँदै विरोध जनाएपछि शुरुमा १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो। 

तर, सो अवधिमा समेत सहमति नजुटेपछि सभामुखको निर्देशनअनुसार बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको संसद् सचिवालयले जनाएको छ।

विपक्षी दलहरूले विभिन्न माग र असन्तुष्टि राख्दै सदन अवरुद्ध गर्दै आएपछि कार्यसूची अघि बढ्न नसकेको हो। 

सत्ता र विपक्षबीच संवाद भएपनि तत्काल कुनै सहमति बन्न नसक्दा बैठक निरन्तर रूपमा प्रभावित भएको छ।

संसद् अवरुद्ध भएपछि दलका शीर्ष नेताहरूबीच थप छलफल भइरहेको छ।  

आगामी बैठकमा सहमति जुटाउने प्रयास जारी रहने जनाइएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.