बिहीबार, असार २५,२०८३ 05:47:50
Bizshala
  • बिहीबार, असार २५,२०८३ 05:47:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सात वर्षसम्म कोमामा रहेका पुरुष श्रीमतीको टोकाइले होसमा फर्किएपछि...

Laxmi Sunrise Bank Limited
सात वर्षसम्म कोमामा रहेका पुरुष श्रीमतीको टोकाइले होसमा फर्किएपछि...

काठमाण्डौ । चीनमा कोमामा रहेका एक पुरुष अपत्यारिलो तरिकाले होसमा फर्किएका छन् । ती पुरुष आफ्नी श्रीमतीले टोकेकै भरमा होसमा फर्किएका हुन् ।

ती महिलाले आफ्नो अटल माया र समर्पणका कारण सामाजिक सञ्जालमा व्यापक प्रशंसा पाइरहेकी छन्। पति झाओ जिनछियान गम्भीर मस्तिष्क चोटका कारण करिब सात वर्षसम्म अचेत अवस्थामा रहेपछि पत्नी सोङ मेईको निरन्तर हेरचाह र प्रयासपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएको हो।

सन् २०१९ अक्टोबरमा झाओले तीन वर्षीय बालकलाई बचाउने क्रममा गोदामको छानोबाट करिब ६ फिट तल खसेका थिए। उनले बच्चालाई आफ्नो काखमा राखेर आफूले दुर्घटनाको ठूलो असर बेहोरेका थिए। दुर्घटनापछि उनलाई मस्तिष्कमा गम्भीर चोटसहित शरीरका विभिन्न भागमा हड्डी भाँचिएको थियो। चिकित्सकहरूले उनको होस फर्किने सम्भावना निकै कम रहेको बताएका थिए।

New Office
CG Motors
Garima Development Bank

तर उनकी पत्नी सोङ मेईले आशा छाडिनन्। उनले आफ्नो शिक्षण पेसा छोडेर अनलाइन चित्रकला बिक्री गर्दै परिवारको खर्च धानिन्। साथै उनले दैनिक रूपमा श्रीमानसँग कुरा गर्ने, गीत गाउने, मसाज गर्ने र पुनःस्थापनाका लागि विभिन्न उपाय अपनाउने गरिन्। उनी रातमा पनि थोरै समय मात्र सुत्दै श्रीमानको हेरचाहमा लागिरहिन्।

चिकित्सकको सुझावअनुसार स्नायु प्रणालीलाई सक्रिय बनाउन गरिने उत्तेजना प्रक्रियाका क्रममा सोङले एकपटक झाओको खुट्टाको औँलामा टोक्दा हल्का प्रतिक्रिया महसुस गरिन्। 

त्यसपछि उनले यही प्रक्रियालाई निरन्तरता दिइन्। उनले वर्षौंसम्म झाओको खुट्टामा नियमित रूपमा उत्तेजना दिने प्रयास गरिरहिन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन् २०२४ मा झाओले बिस्तारै सुधारका संकेत देखाउन थाले। उनले आँखा खोल्न थाले, पछि हात उठाउन सक्ने भए, केही समय उभिन सक्ने भए र वरपरका कुरा बुझ्न थाले। हाल उनी बोल्न र लेख्न अभ्यास गरिरहेका छन्। उनले लेख्न सक्ने शब्दहरूमध्ये अहिलेसम्म आफ्नी पत्नीको नाम ‘सोङ मेई’ मात्र रहेको बताइएको छ।

गत जुन ३० मा झाओले पहिलोपटक स्पष्ट रूपमा ‘सोङ मेई, म तिमीलाई माया गर्छु’ भनेपछि पत्नी भावुक बनेकी थिइन्। उनको यो सुधारलाई परिवार र शुभेच्छुकहरूले ठूलो उपलब्धिका रूपमा लिएका छन्।

दुर्घटनाअघि पनि झाओ र सोङ समाजसेवामा सक्रिय थिए। सोङले गरिब परिवारका बालबालिकालाई निःशुल्क चित्रकला सिकाउने गर्थिन् भने झाओले निर्माण क्षेत्रमा काम गरेर कमाएको रकमबाट दुर्गम पहाडी क्षेत्रका एक विद्यार्थीलाई सहयोग गर्दै आएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.