काठमाण्डौ । बिहिबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा ओपल सेक्युरिटिज, कलश स्टक मार्केट, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा हिमालयन सेक्युरिटिज, आरबीबी सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र सनि िसेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा ओपल सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ८५ करोड ८७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ९७.१७ प्रतिशत सेयर खरिद भएको भने २.८३ प्रतिशत सेयर बिक्री भएको छ ।

