काठमाण्डौ । बिहिबार पनि सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७५ प्रतिशत अर्थात १९.६७ अंकले घटेर २ हजार ६०१.९२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४५४.१९ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३६१ वटा स्क्रिप्टको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६१ करोड १९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ८२ करोड ६० लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘मौद्रिक नीतिमा सेयर लगानीकर्ताहरुले ठूलो अपेक्षा गरेका थिए, अपेक्षित नीति नआएपछि लगानीकर्ताको मनोबल खस्किएको छ । लगानीकर्ताहरु मौद्रिक नीतिमार्फत पूँजीबजारको लागि केही व्यवस्थाहरु आउने आश्वासनमा थिए, तर यसपटकको मौद्रिक पहिलेका वर्षहरुको तुलनामा फरक आएको छ । मौद्रिक नीति नराम्रो आएको होइन, तर लगानीकर्ताहरुले धेरै अपेक्षा राखेका कारण मिट नभएको मात्रै हो । साथै अहिले बजार बढ्न नसक्नुमा असार मसान्तको दबाब पनि हो ।’
उनले थपे, ‘लगानीकर्ताहरुले बजार बढ्ने आशामा मौद्रिक नीति कुरिरहेका थिए । तर मौद्रिक नीतिपछि पनि बजार नबढ्ने आँकलन गरेपछि हिसाब किताब मिलानका लागि धमाधम सेयर बेचेको बुझिन्छ । यसकारण पनि पछिल्लो दुईदिन यता बजारमा भोल्युम बढेको छ र सेलिङ प्रेसर आएका कारण बजार घटेर २६ सयको विन्दुमा आएको छ । सम्भवतः अर्को सातादेखि बजारको घटाई रोकिन सक्छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक घट्यो । यो समूह आज २.३६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५० प्रतिशत, विकास बैंक १.११, फाइनान्स ०.६२, होटल ०.७६, हाईड्रो ०.७०, लगानी ०.९५, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.१९, लघुवित्त ०.६९, निर्जीवन बीमा ०.६६ र अन्य ०.१८ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज ग्लोबल आइएमई बेंक डिबेञ्चर २०८६÷८७ को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज ३५ करोड ५८ लाख बढीको सेयर कारोबार भयो । यस्तै एसबीएल डिबेञ्चर २०८९ को २८ करोड ६५ लाख, बीओके डिबेञ्चर २०८६ को २० करोड ८६ लाख र ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४÷८५ को २० करोड बढीको कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १२.६८ प्रतिशतले बढ्यो ।
यस्तै स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशत, प्राइम डिबेञ्चर २०८४ को ५.६१ र कुमारी सबल योजनाको मूल्य ३.८७ प्रतिशतले बढ्यो ।
यो दिन बीओके डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक अर्थात ८.६६ प्रतिशतले घट्यो । यस्तै सालपा विकास बैंकको सेयरमूल्य ८.२८ प्रतिशत, थ्रीस्टार हाईड्रोको ७.९२ र ओम मेगाश्री फर्मास्यु
टिकल्सका सेयरमूल्य ५.७६ प्रतिशतले घट्यो ।

