काठमाण्डौ । साताको पहिलो कारोबार सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १४।३३ अंकले बढेर १९८०.२७ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ब्यापार समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक चम्किएका छन् । जीवन बीमा समूह ०।७२ प्रतिशत र निर्जीवन बीमा समूह १.०६ प्रतिशतले घटेको छ ।
बीमा समूह चम्किदा आज आइएमई लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ ०.८६ प्रतिशतले घटेर ५६५ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा भने युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.१६ प्रतिशतले वृद्धि भई ५३८.५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिटिजन लाइफको १.९८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.८६ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.८० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.७० प्रतिशत, नेको इन्स्योरेन्सको १.६२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३७ प्रतिशत, सलिकोको १.१४ प्रतिशत, एलआइसी नेपालको १.१४ प्रतिशत, सानिमा जिआइसीको ०.९७ प्रतिशत, हिमालयन एभरेष्टको ०.९६ प्रतिशत, हिमालयन लाइफको ०.९१ प्रतिशत, नेपाल रि को ०.८५ प्रतिशत र नेशनल लाइफको ०.६८ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै नेपाल लाइफको ०.६८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.६१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५० प्रतिशत, सुर्यज्योति लाइफको ०.५० प्रतिशत, आरबीसीएलको ०.४१ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.२७ प्रतिशत, एशियन लाइफको ०.२४ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१६ प्रतिशत र सन नेपाल लाइफको ०.१५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                