काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.९६ प्रतिशत र निर्जीवन बीमा समूह २.३९ प्रतिशतले बढेको छ ।
बीमा समूह चम्किदा आज नेशनल लाइफ इन्स्योरेन्स बाहेकका सबै कम्पनीका सेयरमूल्य बढेका छन् । नेशनल लाइफको सेयरभाउ ०.७३ प्रतिशतले घटेर ५४२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.३२ रुपैयाँले बढेर ६५२ रुपैयाँ पुगेको छ ।
यसका साथै नेपाल इन्स्योरेन्सको ४.१७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.४२ प्रतिशत, हिमालयन एभरेष्टको ३.१२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.०२ प्रतिशत, युनाइटेड अजोडको २.८८ प्रतिशत, सानिमा जिआइसीको २.८१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.६७ प्रतिशत, रिलायबल नेपाल लाइफको २.३३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.२० प्रतिशत, हिमालयन लाइफको १.७९ प्रतिशत, एशियन लाइफको १.७३ प्रतिशत र आइएमई लाइफको १.५८ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको १.२७ प्रतिशत, सिटिजन लाइफको १.१६ प्रतिशत, शिखरको ०.९७ प्रतिशत, आरबीसीएलको ०.५४ प्रतिशत, सुर्यज्योति लाइफको ०.४८ प्रतिशत, नेपाल रि को ०.४६ प्रतिशत, एलआइसी नेपालको ०.३० प्रतिशत, सन नेपाल लाइफको ०.२३ प्रतिशत र हिमालयन रि र नेपाल लाइफको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                