Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अर्थमन्त्रीसँग वार्तामा बस्नुअघि लगानीकर्ताको 'होमवर्क', पूँजीबजार सुधार आयोग गठनसहित १७ बुँदे माग

Global IME Bank Limited
अर्थमन्त्रीसँग वार्तामा बस्नुअघि लगानीकर्ताको 'होमवर्क', पूँजीबजार सुधार आयोग गठनसहित १७ बुँदे माग
Nabil Bank Limited

काठमाण्डौं । अघिल्लो साता आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले सरकारसँग वार्ताका लागि १७ बुँदे मागहरुको मस्यौदा तयार गरेका छन् ।  

लगानीकर्ताहरुले सरकारको आग्रहमा एकदिन(गत शनिवार) प्रदर्शनपछि आन्दोलन स्थगन गरेका थिए । वार्ता समितिका एक सदस्यले दिएको जानकारी अनुसार ढिलोमा शुक्रबारसम्ममा अर्थमन्त्रीसँग लगानीकर्ताहरुको वार्ता हुनेछ ।  

लगानीकर्ताहरुले बिहीबार नै कारोबार समयपछि अर्थमन्त्रीसँग भेट्न चाहेका पनि ती सदस्यले बताए ।  

अर्थमन्त्रीका सल्लाहकारहरुले सेयर लगानीकर्ताहरुले उठाएका मागहरुको सम्बोधन गर्ने बचन दिएपछि सोही आधारमा १७ बुँदे अजेण्डाको मस्यौदा तयार गरिएको पनि बताइएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताहरुले अर्थमन्त्रीसँगको वार्तामा सम्बोधन हुनैपर्ने भनी तयार अजेण्डा निम्नअनुसार छन्:

१. हाल कायम सेयर धितो कर्जाको १५÷२० करोडको क्याप हटाइनु पर्ने  

२. सबै खालका सेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्नु पर्ने  

३. पूँजीबजारमा विदेशी लगानीकर्तालाई भित्र्याइनुपर्ने

४. प्रिमियममा आईपिओ ल्याउन रोक्नुपर्ने  

५.ब्रोकरमार्फत नै मार्जिन कारोबारको ब्यवस्था गर्नु पर्ने  

६.संस्थागत लगानीकर्ताहरुलाई सेयर कारोबारमा सहज गर्नुपर्ने 

७.सेयर कारोबारमा लाग्दै आएका कतिपय अव्यवहारिक नीतिहरु सहज गर्नुपर्ने  

८. पाइपलाइनमा भएका हकप्रदलाई स्वीकृति दिनुपर्ने  

९. जलविद्युतमा निजीकरणको व्यवस्थालाई परिमार्जन गरिनुपर्ने

१०. म्युचुअल फण्डहरुलाई व्यवस्थित गरिनुपर्ने

११. अक्सन मार्केट सञ्चालनमा ल्याउनुपर्नेे  

१२ नेप्सेको पुनरसंरचना गरिनुपर्ने

१३. डीपी फी २५ रुपैयाँबाट घटाउनुपर्ने  

१४. बाफियालाई संसोधन गरी व्यवहारिक बनाइनुपर्ने

१५. पूँजी बजार सुधारका लागि स्वतन्त्र पूँजीबजार सुधार आयोग बनाइनुपर्ने  

१६ संस्थाहरुको लकिङ पिरियड खुलेता पनि ३० प्रतिशत सेयर बेच्न नपाइने व्यवस्था ल्याइनुपर्ने

१७.धितोपत्र बोर्डको अध्यक्ष जतिसक्दो छिटो नियुक्ति गरिनुपर्ने


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X