शुक्रबार, श्रावण १५,२०८३ 02:57:00
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 02:57:00
Bizshala
Global IME Bank Limited

पूर्वी नेपालमा बढ्दो अशान्तिप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताका लागि अपिल

पूर्वी नेपालमा बढ्दो अशान्तिप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताका लागि अपिल
New Office

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग अपिल गरेको छ।

शनिबार जारी गरिएको एक विज्ञप्तिमार्फत नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएकाले विविधताभित्रको एकता, सहिष्णुता र भाइचाराको परम्परालाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको भए पनि हिंसात्मक गतिविधि, तोडफोड, आगजनी तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने स्पष्ट गरिएको छ।

नाडाले यस्ता घटनाले शान्ति–सुरक्षामा मात्र नभई आम नागरिकको दैनिक जनजीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने जनाएको छ। विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुँदा निजी क्षेत्र थप चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ।

संघले सम्पूर्ण सम्बन्धित पक्षलाई संयमता अपनाउन, कानूनी शासन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै संवाद तथा आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ।

त्यसैगरी, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति–सुरक्षा कायम राख्न, नागरिकको जीउधन र सम्पत्तिको संरक्षण सुनिश्चित गर्न तथा सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ।

नाडाले अन्त्यमा सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, पारस्परिक सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन तथा देशमा शान्ति र स्थिरता कायम राख्न आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.