काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ५० लाख ६४ हजार ०३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपेयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक राताम्य छन् । जीवन बीमा समूह ०.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.३० अंकले घटेको छ ।
बीमा समूहका दुईवटै उपसूचक घटेपनि ७ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य १.६६ प्रतिशतले बढेर ७७५.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल रि को १.१० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.०५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५३ प्रतिशत, आरबीसीएलको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१९ प्रतिशत र नेशनल लाइफको ०.०६ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य १.६१ प्रतिशतले घटेर ४२७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियरको १.१९ प्रतिशत, हिमालयन रि को १.०६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९० प्रतिशत, सुर्यज्योति लाइफको ०.७७ प्रतिशत, शिखरको ०.७३ प्रतिशत, एशियन लाइफको ०.४६ प्रतिशत, युनाइटेड अजोडको ०.३७ प्रतिशत, सन नेपाल लाइफको ०.३४ प्रतिशत, एनएलजीको ०.३० प्रतिशत, आइएमई लाइफको ०.२६ प्रतिशत, सलिकोको ०.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.१५ प्रतिशत र नेपाल लाइफको ०.०९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                