काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूहमा हरियाली छाएको छ भने ८ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा इन्डेक्स ०.५१ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा इन्डेक्स ०.०३ प्रतिशतले घटेको छ ।
आज १५ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ आज एकैदिन १.५३ प्रतिशत वा २ सय रुपैयाँले बढेर १३ हजार ३०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.५२ प्रतिशत, एलआइसी नेपालको १.२६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१२ प्रतिशत, सिटिजन लाइफको १.०४ प्रतिशत, नेपाल रि को १.०३ प्रतिशत, नेशनल लाइफको ०.९१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९१ प्रतिशत, एसियन लाइफको ०.८९ प्रतिशत, नेपाल लाइफको ०.५२ प्रतिशत, आइएमई लाइफको ०.३७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३१ प्रतिशत, हिमालयन लाइफको ०.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१० प्रतिशत र शिखर इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८१ प्रतिशतले घटेर ५९५.९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको १.३१ प्रतिशत, सानिमा जिआईसीको १.२० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९३ प्रतिशत, युनाइटेड अजोडको ०.७६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६४ प्रतिशत, सन नेपाल लाइफको ०.५५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५१ प्रतिशत, सूर्यज्योति लाइफको ०.३९ प्रतिशत, हिमालयन रि को ०.३५ प्रतिशत र एनएलजीको ०.१३ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                