काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको ७३ लाख ६३ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने ५ वटा समूह राताम्य भएका छन् ।
बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५५ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको छ । आज १४ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ २.२३ प्रतिशतले बृद्धि भई १३७७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेशनल लाइफको १.६७ प्रतिशत, युनाइटेड अजोडको ०.८८ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.७५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७१ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.५६ प्रतिशत, आइएमई लाइफको ०.४८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४१ प्रतिशत, एनएलजीको ०.४० प्रतिशत, सुर्यज्योति लाइफको ०.२८ प्रतिशत, सानिमा जिआइसीको ०.१९ प्रतिशत, सिटिजन लाइफको ०.१५ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०६ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा हिमालयन एभरेष्टको १.१४ प्रतिशतले घटेर ५८७.२० रुपैयाँ कायम भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ०.७६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७१ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.६२ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.५५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२४ प्रतिशत, एशियन लाइफको ०.२१ प्रतिशत, सन नेपाल लाइफको ०.१७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१२ प्रतिशत, नेपाल लाइफको ०.०९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०८ प्रतिशत र हिमालयन लाइफको ०.०८ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                