काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५ं४६ अंकले बढेर २११९.६९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको २ लाख २१ हजार ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.९७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५८ प्रतिशतले बृद्धि भएको छ । बीमा समूह बढ्दा आज २४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.४२ अंकले बढेर ४८०.८० रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ३.१० प्रतिशत, आइएमई लाइफको २.९२ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.५० प्रतिशत, सानिमा जिआइसीको २.३७ प्रतिशत, रिलायबल नेपाल लाइफको २.३४ प्रतिशत, एशियन लाइफको २.२६ प्रतिशत, हिमालयन लाइफको १.६६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.६३ प्रतिशत, नेशनल लाइफको १.६३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.३२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.२३ प्रशित र नेपाल इन्योरेन्सको १.२१ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै एलआइसी नेपालको ०.६६ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.४९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३८ प्रतिशत, नेपाल लाइफको ०.३६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२९ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ । आज दुईवटा बीमा कम्पनीको मात्रै सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनीको ०.७८ प्रतिशतले घटेर १३०५२ रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.११ प्रतिशतले घटेर ७८७ रुपैयाँ कायम भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                