काठमाण्डौ । साता कारोबारको अन्तिम दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२८ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घटेको छ । आज ९ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ ।
सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ३.६६ प्रतिशतले बढेर २४३७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.०४ प्रतिशत, सन नेपाल लाइफको ०.७५ प्रतिशत, युनाइटेड अजोडको ०.५२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४९ प्रतिशत, आइएमई लाइफको ०.३५ प्रतिशत, सुर्यज्योति लाइफको ०.१६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.१० प्रतिशत र आइजीआई प्रुडेन्सियलको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने आरबीसीएल रहेको छ । कम्पनीको सेयरभाउ ३.७५ प्रतिशतले घटेर १९ हजार २५५ रुपैयाँ कायम भएको छ । त्यस्तै, सानिमा जिआइसीको २.२५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.८६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.७१ प्रतिशत, हिमालयन रि को १.५४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.४२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७३ प्रतिशत, नेपाल लाइफको ०.७१ प्रतिशत, सिटिजन लाइफको ०.७१ प्रतिशत, एशियन लाइफको ०.५१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४९ प्रतिशत, नेशनल लाइफको ०.२७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                