काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ४.६९ प्रतिशत र निर्जीवन बीमा समूह ४.८१ प्रतिशतले बृद्धि भएको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउमा आज सकारात्मक सर्किट अर्थात् १० प्रतिशतले बढेर ११५५ रुपैयाँ पुगेको छ । त्यस्तै, सन नेपाल लाइफको ८.३३ प्रतिशत, नेपाल लाइफको ७.०३ प्रतिशत, युनाइटेड अजोडको ५.६४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ५.५८ प्रतिशत, सानिमा जिआइसीको ५.४२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ५.२५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ५.१० प्रतिशत, हिमालयन लाइफको ४.९५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ४.८९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.७७ प्रतिशत, सिटिजन लाइफको ४.६७ प्रतिशत र नेशनल लाइफको ४.६० प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, सुर्यज्योति लाइफको ४.५७ प्रतिशत, सलिकोको ४.५२ प्रतिशत, नेको इन्स्योरेन्सको ४.५० प्रतिशत, आइएमई लाइफको ४.४७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ३.८९ प्रतिशत, शिखर इन्स्योरेन्सको ३.७५ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.६९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.४९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ३.४६ प्रतिशत, एशियन लाइफको ३.०१ प्रतिशत, हिमालयन एभरेष्टको २.९० प्रतिशत र एलआइसी नेपालको २.१८ प्रतिशतले सेयरभाउ बढेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                